६ कार्तिक २०८३, शुक्रबार

संसदमा प्रधानमन्त्री : मेरो हस्ताक्षर स्क्यान गरेर ममाथि खेल खेल्ने प्रयत्न गरियो

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हस्ताक्षर स्क्यान गरी दुरूपयोग गरेर आफूमाथि खेल खेल्न खोजेको भन्दै दुःख व्यक्त गरेका छन् ।

राष्ट्रियता, लोकतन्त्र, जनजीविका, भ्रष्टाचा र वा अरु कुनै पनि काममा सरकारले अनुचित सम्झौता नगर्ने भन्दै प्रधानमन्त्री ओलीले कीर्ते काम गरेर आफूमाथि झूटो लाञ्छना लगाउन खोजेको बताएका छन् । प्रतिनिधिसभालाई सम्बोधन गरिरहेका प्रधानमन्त्री ओलीले जनता र राष्ट्रको हित छोडेर सरकारले तलमाथि नगर्ने समेत स्पष्ट पारेका छन् ।

भारतका सामन्त गोयलसँग भएको हस्ताक्षर प्रकरणबारे स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले संसदमा भनेका छन्, ‘यहाँ त कस्तो छ भने फलानो देशका अफिसरसँग प्रधानमन्त्रीले गरेका हस्ताक्षर, अनअफिसियल अनुवाद, अनअफिसियल अनुवादको कपीमा चाहिँ प्रधानमन्त्रीको हस्ताक्षर, यो भन्दा तमासा के हुन्छ ? अनअफिसियल प्रतिमा हस्ताक्षर हुन्छ कहीँ ?’

‘अनअफिसियल अनुवाद, ओरिजिनल कपी होइन, कुनै हस्ताक्षर हुन्छ भने पनि ओरिजिनल कपीमा हुन्छ होला नि । अनअफिसियल, अनौपचारिक अनुदित प्रति भनेर प्रचार गरिन्छ । र त्यस्तोमा फेरि प्रधानमन्त्रीको हस्ताक्षर स्क्यान गरेर जोडिन्छ । यो सम्मका खेल नेपालमा हुन सक्छ । म त्यसमा दुःख व्यक्त गर्न चाहान्छु,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

‘हामी यतिसारो तल झर्न हुँदैन । आफूलाई यतिसम्म कीर्ते काममा संलग्न गराउन हुँदैन । मेरो यसमा आग्रह छ,’ ओलीले संसदमा भने । चाहे राष्ट्रियताको सवाल होस्, चाहे लोकतन्त्र, जनजीविका, भ्रष्टाचार वा अरु कुनै पनि काममा सरकारले अनुचित सम्झौता गर्दैन । जनता र राष्ट्रको हित छोडेर सरकारले तलमाथि गर्दैन उनले प्रष्ट पारेका छन् ।