६ कार्तिक २०८३, शुक्रबार

सरकारको ध्यान कोभिड–१९ रोकथाम र उपचारमा केन्द्रित छ : प्रधानमन्त्री ओली

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको ध्यान अहिले कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र संक्रमितको उपचारमा केन्द्रित भएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश अहिले कोरोना भाइरसको संक्रमणबाट आक्रान्त भएको भन्दै संक्रमणबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने उपचाररत सबै संक्रमितका लागि स्वास्थ्य लाभको कामना गरेका छन् ।

अहिले सबै मिलेर कोरोना महामारीको सामना गर्नुपर्ने भन्दै उनले सरकारले सकेसम्मको प्रयत्न जारी राखेको जानकारी पनि संसदलाई दिएका छन् । तर, यस्तो अवस्थामा सबै राजनीतिक शक्ति एक हुन नसकेकोप्रति ओलीले दुःख व्यक्त गरेका छन् ।

‘कारण जे सुकै होस् हामी जहाँ केन्द्रित हुनुपर्ने हो त्यहाँ हुन सकेन,’ प्रधानमन्त्री ओलीले भने । दलहरुले यस्तो बेलामा व्यवधान मात्रै खडा गरेको ओलीको भनाइ छ ।