
काठमाडौं, २७ वैशाख । एमाले नेता योगेश भट्टराईले नेता विष्णु पौडेलसँग भएको पछिल्लो छलफल केही सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।
यद्यपि, छलफलहरु टुंगोमा नपुगिसकेकाले आजका लागि यसअघि गरिएको निर्णय यथावत रहेको उनको भनाइ छ । तर, अझै समय रहेकाले अन्तिमसम्म केही नयाँ निर्णय आउने संकेत समेत भट्टराईले गरेका छन् ।
‘हाम्रो निर्णय भइसकेको छ, अन्तिमसम्म पार्टी एकता जोगाउन प्रयास गर्छौं । छलफल सकारात्मक छ’, भट्टराईले भने ।















प्रतिक्रिया