६ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने माओवादी केन्द्रको तयारी

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २७ वैशाख । नेकपा माओवादी केन्द्रको संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

मत नदिनाका साथै माओवादीले आजदेखि शुरू हुने विशेष अधिवेशनलाई अविश्वासको प्रस्तावसम्म पुर्‍याउने निर्णय समेत गरेको हो । साथै केन्द्रले प्रधानमन्त्रीको प्रस्तुतिलाई हेरेर अविश्वासको प्रस्ताव दर्ता गर्नेसम्मको रणनीति तयार पारेको छ ।

नयाँ सरकार बनाउन कांग्रेस प्रतिवद्ध रहेको दाबीसहित माओवादी केन्द्रले आज प्रधानमन्त्रीको राजीनामा नआए अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको हो ।

यसैबीच प्रतिनिधिसभाको विशेष अधिवेशन शुरू हुनुअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सिंहदरबारमा छलफल भएको छ ।