६ कार्तिक २०८३, शुक्रबार

ओली र माधव पक्षका नेताहरु फेरि जुटे छलफलमा

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ वैशाख । आफ्नै पार्टीका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने बैठकमा सहभागी नै नहुने निर्णय गरेको माधव–झलनाथ समूहका नेता र ओलीनिकटका नेताहरुबीच पुनः छलफल शुरू भएको छ ।

समूहमा समेत सांसद पदबाट राजीनामा दिन नहुने पक्षमा उभिएका घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टले अहिले अर्थमन्त्री समेत रहेको एमाले नेता विष्णु पौडेलसँग छलफल गरिरहेका छन् ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा चारजना नेता बीच छलफल चलिरहेको बताइएको छ ।