
काठमाडौं, २७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्झना सधैं भइरहने बताएका छन् ।
आज प्रतिनिधिसभामा विश्वासको मत गुमाउने प्रायः निश्चित भएको भन्दै उनले पदबाट हटे पनि ओलीको आँट, साहस र स्वाभिमान सधैं सम्झनायोग्य हुने बताएका हुन् ।
सोमबार बिहान एक ट्विट गर्दै उनले लेखेका छन्, ‘नाटकीय परिवर्तन भएन भने आज प्रमले संसदमा विश्वासको मत गुमाउनु हुनेछ । आजै राजीनामा आउला । फेरि प्रम बन्न सक्नुहोला । जे होस् अनेक विवाद/असफलताका वावजुद लिम्पियाधुरासहितको ‘चुच्चे’ नक्सा प्रकाशन र विखण्डनकारी सिके राउतलाई मुलधारमा ल्याउने कामको निम्ति ओलीको सम्झना भैरहने छ ।’
प्रधानमन्त्रीमा आँट, साहस र सभिमान नहुँदो हो भने राष्ट्रहितका लागि उल्लेखित काम हुन नसक्ने थापाको भनाइ छ ।















प्रतिक्रिया