
काठमाडौं, २७ वैशाख । यस वर्षको एसईई र कक्षा १२ को बोर्ड परीक्षा स्थगित भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको बैठक आज सोमबार बिहान बसेको बैठकले कोभिड–१९ महामारीको जोखिम र सबैतिर निषेधाज्ञा जारी भएकाका कारण दुवै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
यस वर्षको एसईई जेठ १३ गतेदेखि र १२ कक्षाको परीक्षा जेठ २६ देखि शुरु हुने तालिका थियो ।















प्रतिक्रिया