६ कार्तिक २०८३, शुक्रबार

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, २६ वैशाख । आफ्नै ४३ वर्षीया श्रीमती शिला चौधरीको हत्या गरेको अभियोगमा गढवा गाउँपालिका–२ महदेवा बस्ने ४० वर्षीय धनिराम चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

धनिरामले घरायसी विवादमा शिलालाई धारिलो हतियार खुडा प्रहार गर्दा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि लमही अस्पताल दाङतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवा र प्रहरी चौकी गोवरडियाले जनाएको छ ।