बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

प्रहरी अस्पतालमा २२४ जना कोरोना संक्रमित बिरामीको उपचार हुँदै

दैनिक नेपाल २०७८ वैशाख २६ गते २०:४८

काठमाडौं, २६ वैशाख । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा हाल कोरोना भाइरसका २२४ सङ्क्रमितको निःशुल्क उपचार भइरहेको छ ।

तीमध्ये २० जना भेन्टिलेटरमा, १९ जना आईसीयुमा, मध्यम अवस्थाका १०५ जना र सामान्य अवस्थाका ८० जना रहेको अस्पतालले जानकारी दिएको छ ।

बिरामीहरूमध्ये प्रहरी कर्मचारी, पूर्वप्रहरी कर्मचारी र प्रहरी कर्मचारीका परिवार गरी १४३ जना तथा ८१ जना सर्वसाधारण छन् । आइतबार उपचारका लागि अस्पतालमा १५ जना र २ नम्बर गणमा छुट्टै बेडको व्यवस्था गरी ६ जनालाई भर्ना गरिएको अस्पतालको भनाइ छ ।

उपचाररत मध्ये १४ जना डिस्चार्ज भएका छन् भने ८७ वर्षीय र ६६ वर्षीय गरी २ जनाको उपचारको क्रममा मृत्यु भएको छ । नेपाल प्रहरी अस्पतालमा जम्मा २६४ वेड उपलब्ध छन् । ती मध्ये १६१ साधारण, ७३ एचडीयू (हाई डिपेन्डेन्सी यूनिट) र भेन्टिलेटरसहितका २० तथा भेन्टिलेटर बाहेकका १० गरी ३० वटा आईसीयु वेड रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित