मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

संसदमा जसपाका सांसदले स्वविवेक प्रयोग गरी मतदान गर्न पाउने

दैनिक नेपाल २०७८ वैशाख २६ गते १८:३५

काठमाडौं, २६ वैशाख । जनता समाजवादी पार्टी (जसपा)का सबै सांसदले स्वविवेक प्रयोग गरेर भोलि संसदमा मदतान गर्न पाउने भएका छन् ।

पार्टी पदाधिकारीहरुको आज आइतबार बसेको बैठकले सांसदहरुलाई ह्वीप नलगाउने निर्णय गर्दै स्वविवेकीय अधिकार प्रदान गरेको हो । यो सँगै जसपा अब तटस्थ नरहने भएको छ । किन भने बाबुराम–उपेन्द्र पक्षले प्रधानमन्त्रीविरुद्ध नै मतदान गर्ने निश्चित छ । अन्य सांसदका लागि तटस्थ बसे पनि वा मतदान गरे पनि आफ्नो स्वविवेकले गर्न पाउने छन् ।

गठबन्धनलाई सघाउने, ओलीलाई सघाउने वा तटस्थ बस्ने तीन वटा प्रस्तावबारे छलफल हुँदा सहमतिमा पुग्न नसकेपछि पार्टीले मध्यमार्गी बाटो रोजेको हो । र सांसदहरुलाई स्वविवेक प्रयोग गर्न दिने निर्णय भएको एक नेताले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित