
काठमाडौं, २६ वैशाख । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजनीतिक जीवन नै समाप्त पारी पार्टीलाई पछार्नतिर नलाग्न नेताहरुलाई आग्रह गरेका छन् ।
आज आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै ओलीले पार्टीविरुद्धको हर्कतहरुले स्वयम् आफू पार्टी नै बर्बादीतिर जाने स्पष्ट पारेका छन् । ‘आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरुका स्वार्थलाई मलजल गर्न कतै फ्लोर क्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी/गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारीछाड्नेजस्ता हानिकारक प्रयास भएका छन्,’ ओलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
हेर्नुहोस् विज्ञप्ति–

ओलीले सामूहिक राजीनामा दिनू अपराध हुने भन्दै यस्ता काममा सहभागी नहुन पार्टीका सांसदहरुलाई आग्रह गरेका छन् । पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात नगर्ने बताउँदै ओलीले भनेका छन्, ‘म यो कुरामा सबैलाई आश्वस्त पार्न चाहन्छु । तसर्थ पार्टीलाई मजबुत पार्दै अघि बढ्ने महान कार्यमा सरिक हुन म सबैलाई आग्रह गर्दछु’ उनले भनेका छन् ।















प्रतिक्रिया