६ कार्तिक २०८३, शुक्रबार

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ वैशाख । छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित सडकमा अनटेष्ट लेखेको टिपरले शनिबार दिउँसो ठक्कर दिँदा साईकलयात्री बृन्दाबन नगरपालिका–७ हर्षाहा बस्ने ३५ वर्षीय दिल किशोर रामको घटनास्थलमै मृत्यु भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै सर्लाहीको बरहथवा नगरपालिका–३ भगवतीपुरस्थित सडकमा बीआर ३० एस ९२४५ नम्बरको मोटरसाइकलले शनिबार साँझ ठक्कर दिँदा सोही ठाउँ बस्ने श्याम महतोका ४ वर्षीय छोरा आदित्य महतोको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि नव जीवन अस्पताल बरहथवा लैजानेक्रममा बाटोमै मृत्यु भएको हो । हाल फरार रहेका मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।