६ कार्तिक २०८३, शुक्रबार

साताको शुरूमा बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ वैशाख । साताको पहिलो कारोबार दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ ।

आज तोलामा १०० रूपैयाँ वृद्धि भई छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा र तेजावी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य बढे पनि आज चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँले घटेको छ । जस अनुसार आज चाँदी प्रतितोला १ हजार ३४५ रूपैयाँमा कारोबार भइरहेको छ ।