
प्यूठान, २५ वैशाख । प्यूठानमा एकैदिन थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्यूठान जिल्ला अस्पताल बिजुवारमा उपचाररत कोरोना संक्रमित सरुमारानी गाउँपालिका–२ दर्भानका ३८ वर्षीया पुरुष र ऐरावती गाउँपालिका–४ का ७४ वर्षीय पुरुषको शनिबार मृत्यु भएको स्वास्थ्य कार्यालय प्यूठानका फोकल पर्सन पुस्कल श्रेष्ठले जानकारी दिएका छन् ।
दुबै पुरुष शुक्रबार मात्र अस्पताल भर्ना भएका थिए । दुबैजनाको एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । सरुमारानीका ती पुरुषको वैशाख १९ गते बुटवलमा र ऐरावतीका पुरुषको शुक्रबार प्यूठान अस्पतालमा कोरोना पुष्टि भएको थियो ।
यो सँगै प्यूठानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।















प्रतिक्रिया