
काठमाडौं, २५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई पुनः कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
थापासँगै प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । थापा र भण्डारीलाई भाइरसको पहिलो लहरमा पनि संक्रमण भएको थियो ।
प्रधानमन्त्रीसहित उनको सचिवालयका एक दर्जन व्यक्तिमा भाइरस परीक्षण गरिएको थियो । प्रधानमन्त्री ओलीको भने कोरोना नेगेटिभ आएको छ ।















प्रतिक्रिया