६ कार्तिक २०८३, शुक्रबार

टिकट बुकिङ काउण्टरका सात जना कर्मचारी यसरी परे ट्राफिक प्रहरीको फन्दामा

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ वैशाख । महानगरीय ट्राफिक प्रहरी महाशाखाले निषेधाज्ञा घोषणा गरेको दिनदेखि परिचालन गरेको विशेष छड्के चेकजाँच तथा अनुगमन टोलीले विभिन्न स्थानबाट दैनिक रुपमा यात्रु ठगी गर्नेलाई पक्राउ गरेको छ ।

उपत्यकामा निषेधाज्ञा जारी भएपश्चात बैदेशिक रोजगारबाट आएका र अत्याबश्यक परि उपत्यका बाहिरका जिल्लाहरु जानु पर्ने यात्रुहरुसँग तोकिएको भन्दा तीन गुणा बढी भाडा लिने काउण्टरका कर्मचारीहरुलाई कलंकी र नयाँ बसपार्क क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

ट्राफिक प्रहरीले सावित्रा काउण्टर कलंकीमा कार्यरत महोत्तरी गौशाला घर भई थानकोट बस्ने बर्ष ५३ को मनु अर्याल र उनकै छोरा बर्ष ३० को अनु अर्याललाई पक्राउ गरेको हो । त्यस्तै नारायणी यातायात काउण्टरका टिकट बुकिङ् स्टाफ हेटौंडाका ३८ बर्षे नवराज घिमिरे, कुलेश्वर बस्ने बर्ष ४४ का बिपिन सुबेदी र जय नेपाल सुपर डिलक्सका बुकिङ् ईन्चार्ज सुन्धारा काठमाण्डौंका ४९ बर्षे ज्ञानेन्द्र साह समेत बढि भाडा लिएको कसुरमा पक्राउ परेका हुन ।

उनीहरुले धनुषा, महोत्तरी र बिरगंज जाने यात्रुहरु संकलन गरि प्रति ब्यक्ति पच्चीससय देखि तीनहजारसम्म भाडा लिने गरेको पाइयो, जुन तोकिएको भन्दा करिव तीन गुणा बढि हुन आउने महाशाखाले जनाएको छ । पक्राउ परेका पाँचै जनालाई आबश्यक कारबाहीको लागी प्रहरी बृत्त कालीमाटीमा बुझाएको महाशाखाले जनाएको छ ।

त्यसैगरि गोंगबु बसपार्कबाट रुकुम जाने यात्रुहरुसँग छ हजारका दरले भाडा लिने रुकुम पश्चिम यातायात प्रालिका कर्मचारी रुकुम सिस्नेरीका गणेश रावल र भागरिराम छिनाललाई पक्राउ गरि थप कारबाहीको लागी प्रहरी प्रभाग नयाँबसपार्कमा बुझाएको समेत महाशाखाले जनाएको छ ।

पछिल्लो समय काउन्टरका कर्मचारी तथा बुकिङ्ग स्टाफहरु नै बढि भाडा लिएको कसुरमा पक्राउ पर्ने क्रम वढेको देखिन्छ । निषेधज्ञा लागू भएपछि अत्यावश्यक काम बिशेष र बिदेशबाट आएकाहरुसँग आफुखुशी बढी भाडा लिने १६ जनालाई पक्राउ गरि महाशाखाले कारबाही गरेको छ ।