१३ कार्तिक २०८३, शुक्रबार

एमाओवादीसँग एकताको सम्भावना टुट्यो: महासचिव बादल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rambahadur-badal1

रामसुन्दर आचार्य

काभ्रे,२१ चैत । नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले कार्यगत एकता भएपनि एमाओवादीसँग पार्टीनै एकता संम्भावना नभएको बताउनु भएको छ ।

शनिबार अखिन नेपाल क्रान्तिकारी ट्रेड युनियनको जिल्ला सम्मेलनमा आउनु भएका महासचिव थापाले क्रान्तिकारी पत्रकार संघ काभ्रेले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाओवादीसँग एकताको सम्भावना क्षिण मात्र भएको बताउनु भएको हो ।

एमाओवादीसँग एक दुइवटा मात्रै एजेण्डा मिलेकाले एकता सम्भावना टुट्दै गएको उहाँले स्पष्ट पार्नु भएको हो । उहाँले भन्नु भयो, ‘एमाओवादी संसदवादी बनि सक्यो उ त त्यहाँबाट सच्चिएर आयो भने मात्रै एकता हुन्छ, होइन भने एमाओवादी र एमाले त एउटै संसदवादी दल हुन् । अब राजनीतिक संकटको अन्त्य भनेको सर्वपक्षिय भेलाबाट मात्रै हो, होइन भने जनताको अधिकारलाइ कुन्ठित गर्दै संसदको नाटकले जनताको अधिकार लुटिरहन्छ ।’

बन्द हड्ताल आफूहरुको बाध्यता रहेकाले जनताले परिर्वतनका लागि आफूहरुलाई सहयोग गरेको भन्दै उहाँले जनतालाई आभार व्यक्त गर्नु भयो ।