१३ कार्तिक २०८३, शुक्रबार

जाजरकोटका बाढी पीडितलाई सभासद शाहले ढाँटे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jajarkot_rajeevshah

बीरबहादुर गिरी

जाजरकोट, २१ जाजरकोट । जाजरकोटका बाढी पीडितले सभासद् राजीबबिक्रम शाहले आफूहरुलाई ढाँटेको गुनासो गरेका छन । सभासद शाहले राहत दिने भन्दै आफूहरुलाई ढाँटको बाढी पीडितको गुनासो छ ।

गत साउनमा आएको बाढीपहिरो परी ज्यान गुमाएका र घरवासबिहीन भएका परिवारलाई जाजरकोट क्षेत्र नं २ नेपाली काँग्रेसबाट निर्बाचित सभासद शाहले राहत बितरण गर्ने घोषणा गरेका थिए । तर, आठ महिना बितिसक्दा पनि आफूहरुले राहत नपाएको पीडितको गुनासो छ । आकाशमा हेलिकप्टर उड्दा सभासद शाहले राहत लिएर आउनुभयो भन्ने आशा धेरैपटक गरियो तर हाम्रो आशा आशामै सिमित भयो, रोकायगाउँ ८ अम्मे घर्तिले दुःखेसो पोखे ।

बाढीपहिरो जानासाथ आफूले सरकारसँग राहतको ब्यबस्था गर्न माग गरेको, राहतको पहल गरी लत्ता कपडा र भाँडाबर्तनको ब्यबस्था गरेको तर सरकारले ढुवानीको लागि हेलिकप्टरको ब्यबस्था नगर्दा राहत सामाग्री सुर्खेतमा थन्किएको सभासद शाले बताए । ‘मैले बर्दिया र सुर्खेतमा राहत बाँडे तर जाजरकोटको लागि जम्मा गरेको राहत सामाग्री सशस्त्र प्रहरीको क्षेत्रिय कार्यालय सुर्खेत छ ।’- सभासद शाहले भने ।

बाढीपहिरोमा परी रामीडाँडा, सक्ला र रोकायगाउँ गाविसमा ४ जनाको मृत्यु भएको थियो । त्यस्तै पहिरोले २ दर्जन बढी स्थानीयका घर भत्किएका छन । पहिरोले घरबारबिहिन भएकाहरुले अहिलेसम्म उचित राहत नपाउँदा पालमा बसेर रात काट्न बाध्य छन ।