१३ कार्तिक २०८३, शुक्रबार

तराई र पहाडलाई टुक्र्याउने सङ्घीयता एमालेले मान्दैन: महासचिव पोखरेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ishwar-Pokhrel

चितवन, २१ चैत । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले तराई र पहाडलाई टुक्र्याएर सङ्घीयता निर्माण गर्ने पक्षमा नेकपा एमाले नरहेको स्पष्ट पार्नुभएको छ ।

प्रेस चौतारी चितवनले शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले तराई र पहाडलाई टुक्र्याएर सङ्घीयता निर्माण गर्ने पक्षमा नरहेको भन्दै देश टुक्रयाउने काममा एमाले किमार्थ समर्थन गर्दैन, भन्नुभयो ।

महासचिव पोखरेलले संविधान निर्माणको प्रक्रिया अब नरोकिने पनि बताउनुभयो । यही चैत २३ गतेबाट सुरु हुने संविधानसभाले प्रक्रिया अगाडि बढाउने उहाँको भनाइ छ ।

प्रक्रिया अघि बढ्दैमा सहमति नरोकिने भन्दै उहाँले सहमति र प्रक्रिया सँगसँगै अगाडि बढ्ने बताउनुभयो । संविधान जनप्रतिनिधिबाट बन्ने भन्दै महासचिव पोखरेलले सडकबाट संविधान नआउने बताउनुभयो ।

उहाँले माओवादी आमहड्ताल घोषणा गरेर वितण्डा मच्चाउन खोजेको भन्दै त्यसको जवाफ जनताले दिने बताउनुभयो ।