
बर्दिया, २१ वैशाख । जिल्ला प्रहरी कार्यालयले जारी निषेधाज्ञाको अवज्ञा गर्ने १ हजार ६७४ जनालाई नियन्त्रणमा लिएका छ ।
त्यस्तै ६२१ वटा साईकल, ५२२ वटा मोटरसाईकल, १३१ वटा चारपाङ्ग्रे सवारी साधन र १४२ वटा अटोरिक्सालाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ ।
हिजो पनि प्रहरीले निषेधाज्ञा उल्लंघन गर्ने २३४ वटा साईकल, ४१० वटा मोटरसाईकल, १४० वटा चारपाङ्ग्रे सवारी साधन तथा १ हजार १२२ जना मानिसहरुलाई नियन्त्रणमा लिएर छाडेको थियो ।
















प्रतिक्रिया