६ कार्तिक २०८३, शुक्रबार

११ दिनदेखि नर्भिकमा उपचाररत कोरोना संक्रमित पूर्वरानी कोमलको स्वास्थ्यवस्था कस्तो छ ?

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्वीर गुगलबाट

काठमाडौं, २१ वैशाख । कोरोना भाइरसको संक्रमणपछि थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गराइरहेकी पूर्वरानी कोमल शाहको स्वास्थ्यवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

आज मंगलबार विज्ञप्ति जारी गरी अस्पतालले दिएको जानकारी अनुसार शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको भए पनि आइसीयूमै राखेर उपचार गरिँदै आएको छ ।

कोरोना संक्रमण भई ११ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी शाहलाई गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार शुरू गरिएको थियो । प्लाज्मा थेरापी विधिबाट उपचार शुरू गरेसँगै उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको अस्पतालको भनाइ छ ।

कोमलका साथै उनका पति ज्ञानेन्द्र शाह र नातिनी प्ररणा शाह पनि सोही अस्पतालमा उपचाररत छन् । उनीहरू दुवै जनाको अवस्था भने सामान्य र स्थिर रहेको अस्पतालको भनाइ छ ।