
काठमाडौं, २१ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ६६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये बैभन्दा बढी संघीय राजधानी समेत रहेको बागमती प्रदेशमा ४५७८ जना छन् भने लुम्बिनी प्रदेशमा १००९ जना संक्रमित थपिएका छन् ।
त्यसैगरी प्रदेश १ मा ६०७ जना, प्रदेश २ मा ४३६ जना, गण्डकी प्रदेशमा ४१८ जना कर्णाली प्रदेशमा २१३ जना र सुदूरपश्चिम प्रदेशमा ३२६ जना संक्रमित थप भएका छन् ।
आज प्रदेश १ को इलाममा ९, उदयपुरमा १०, खोखलढुंगामा १६, खोटाङमा ३, झापामा १७४, ताप्लेजुङमा ५, तेह्रथुममा ३, धनकुटामा ३, पाँचथरमा ५, भोजपुरमा १, मारङमा २४६, सङ्खुवासभामा ५, सुनसरीमा १२१ र सोलुखुम्बुमा ३ जना संक्रमित थपिएका छन् ।
प्रदेश २ को धनुषामा १०४, पर्सामा ११२, बारामा ३६, महत्तोरीमा ६५, रौतहटमा २६, सप्तरीमा ३३, सर्लाहीमा ३२ र सिरहामा २८ जना संक्रमित थपिएका छन् ।
त्यस्तै बागमती प्रदेशको काठमाडौंमा २७७९, काभ्रेपलाञ्चोकमा ११७, चितवनमा २२६, दोलखामा २२, धादिङमा ७५, नुवाकोटमा ८३, भक्तपुरमा ५१३, मकवानपुरमा ६९, रसुवामा ९, रामेछापमा २४ जना, ललितपुरमा ६०१, सिन्धुपाल्चोकमा २८ र सिन्धुलीमा ३२ जना संक्रमित थपिएका छन् ।
गण्डकी प्रदेशको कास्कीमा २४७, गोर्खामा ३८, तनहुँमा २०, नवलपरासी पूर्वमा ३५, पर्वतमा १७, मुस्ताङमा ०, म्याग्दीमा ११, लमजुङमा २३, बागलुङमा ७ र स्याङ्जामा २० जना संक्रमित थपिएका छन् ।
त्यसैगरी लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २७, कपिलवस्तुमा ६४, गुल्मीमा २६, दाङमा २०१, नवलपरासी पश्चिममा २१, पास्लामा ४८, प्युठानमा १२, बर्दियामा २८, बाँकेमा १९२, रुकुमपूर्वमा ४, रुपन्देहीमा ३६९ र रोल्पामा १७ जना संक्रमित थपिएका छन् ।
यस्तै कर्णाली प्रदेशको कालिकोटमा ४, जाजरकोटमा ७, जुम्लामा १८, दैलेखमा ३४, मुगुमा २, रुकुमपश्चिममा ३, सल्यानमा १८, सुर्खेतमा १२४ र हुम्लामा १ जना संक्रमित थपिएका छन् ।
र, सुदूरपश्चिम प्रदेशको अछाममा ३०, कञ्चनपुरमा १२, कैलालीमा १४०, डडेल्धरामा ४७, डोटीमा ५०, दार्चुलामा ३, बझाङमा १, बाजुरामा १ र बैतडीमा ४२ जना संक्रमित थपिएका छन् ।















प्रतिक्रिया