६ कार्तिक २०८३, शुक्रबार

मंगलबार थप ५५ जना संक्रमितको मृत्यु, संक्रमितको संख्याले तोड्यो रेकर्ड

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५५ जनाको मृत्यु भएको छ ।

यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ४१७ पुगेको छ ।

२४ घण्टामा थप ७ हजार ६६० जनामा संक्रमण पुष्टि भएको छ । यसअघि सोमबार देशभर ७ हजार ४४८ जनामा संक्रमण पुष्टि भएको थियो ।

बितेको २४ घण्टामा देशभर १६ हजार १३१ जनाको आरटी–पीसीआर गर्दा ७ हजार ५८७ जना र ५७१ जनाको एन्टिजेट परीक्षण गर्दा ७३ जना गरी कुल ७६६० जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ लाख ५१ हजार ५ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७७५ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण निको हुनेको संख्या २ लाख ८७ हजार ७९० जना पुगेको छ । यो कुल संक्रमितको ८२ प्रतिशत हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ जना छ । संक्रमितको संख्या तीव्र गतिमा वृद्धि भएसँगै पछिल्लो समय नेपालमा सक्रिय संक्रमितको संख्या पनि ह्वात्तै बढेको हो ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा २५ लाख ३७ हजार २९५ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ५९ हजार ७९८ जना आइसोलेसन र २५३ जना क्वारेन्टिनमा छन् ।