६ कार्तिक २०८३, शुक्रबार

कोरोना संक्रमित झलनाथ खनालको स्वास्थ्यमा सुधार

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ वैशाख । नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा सुधार आएको छ ।

एमालेका वरिष्ठ नेता समेत रहेका पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्था सुधार भइरहेको अस्पतालले जानकारी दिएको हो ।

कोरोना संक्रमण भई गत शनिबार नर्भिक अस्पतालमा भर्ना भएका खनाललाई अक्सिजनमा राखेर उपचार जारी राखिएको छ । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालको कर्पोरेट कम्युनिकेसन एण्ड पीआर डिपार्टमेन्टले जनाएको छ ।