६ कार्तिक २०८३, शुक्रबार

विरामीका लागि अवरोध गरिएको बाटो सीडीओले यसरी पन्छाए (फोटोफिचर)

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्यूठान, २१ वैशाख । उपचार गर्न जाने विरामीलाई लक्षित गर्दै अवरोध गरिएको बाटो प्यूठानका प्रमुख जिल्ला अधिकारी (सीडीओ) आफैंले पन्छाएका छन् ।

जिल्ला अस्पताल प्यूठान विजुवारले साविक जिल्ला स्वास्थ्य कार्यालयको भवनमा सञ्चालन गरिएको आइसोलेशन सेन्टर जाने मुख्य बाटोमा अवरोध गरिएको तारबारलाई सोमबार प्रहरी तथा सशत्र प्रहरीसहित पुगेका प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले अवरोध हटाएका हुन् ।

कोभिडका बिरामीको प्रारम्भिक रोग परीक्षण तथा उपचार हुने उक्त आइसोलेशन सेन्टरमा ५ जना कोभिड बिरामीहरूको उपचार चलिरहेको छ । बिजुवारका स्थानीयहरूले बिजुवारमै तयार गरिएको निर्माण व्यवसायी संघको भवनमा रहेको आइसोलेशन सेन्टर जाने बाटोमा समेत अवरोध सृजना गरेको प्रमुख जिल्ला अधिकारी भुषालले बताए ।

‘पहिलो पटकलाई सम्झाई–बुझाई गरेर अवरोध हटाएको छु,’ भुषालले भने, ‘पुनः अवरोध गरे कडा कानूनी कारबाही गरिने छ ।’ स्थानीय बासिन्दाहरूले महामारीको यो समयमा आफु सुरक्षित हुँदै सामाजिक एकता आपसी भाइचारा सम्बन्धको विकासमा जोड दिनुपर्नेमा प्रमुख जिल्ला अधिकारी भुषालले जोड दिएका छन् ।

सार्वजनिक क्षेत्रमा अनावश्यक वादविवाद तथा अवरोध गर्ने जोकोहीलाई स्थानीय प्रसाशन ऐन २०२८ तथा संक्रामक रोग ऐन २०२० बमोजिम कडा कानूनी कारबाही हुने जिल्ला प्रशासन कार्यालय प्यूठानले जनाएको छ ।