६ कार्तिक २०८३, शुक्रबार

भारतमा कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो, २ लाख २२ हजार ४०८ जनाको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ वैशाख । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा ३ लाख ५७ हजार २२९ जना संक्रमित थपिएसँगै भारतमा कोरोना संक्रमतिको संख्या २ करोड दुई लाख ८२ हजार ८३३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले मंगलबार बिहान जारी गरेको पछिल्लो आँकडा अनुसार सो अवधिमा कोभिड–१९ बाट ३ हजार ४४९ जनाको ज्यान गएको छ । योसँगै मृतकको संख्या २ लाख २२ हजार ४०८ जना पुगेको छ ।

भारतमा हाल सक्रिय संक्रमितको संख्या ३४ लाख ४७ हजार १३३ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।