६ कार्तिक २०८३, शुक्रबार

सोमबार काठमाडौंमा २९२२ जनासहित उपत्यका थपिए ३६६६ जना संक्रमित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० वैशाख । सोमबार देशभर कोरोना भाइरसका ७ हजार ४४८ जना संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै ३ हजार ६६६ जना थप भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौंमा २ हजार ९२२ जना, ललितपुरमा ५२२ जना र भक्तपुरमा २२२ संक्रमित थपिएका हुन् ।

यो सहित राजधानी समेत रहेको बागमती प्रदेशमा आइतबार ४ हजार १३२ जना संक्रमित थपिएका छन् ।

सोमबार काभ्रेपलाञ्चोकमा ११९, चितवनमा १७५, दोलखामा २, धादिङमा २५, नुवाकोटमा ३९, मकवानपुरमा ४४, रसुवामा ४, रामेछापमा १० जना, सिन्धुपाल्चोकमा ३२ र सिन्धुलीमा १६ जना संक्रमित थपिएका छन् ।