१३ कार्तिक २०८३, शुक्रबार

१४ करोड लगानीकर्ता एमाओवादीका व्यापारीले विद्युत चोर्दै आएको खुलासा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

light-magdi– रामसुन्दर आचार्य
काभ्रे, २० चैत । कर छलिका घट्नाको पनि देशमा थुप्रै चर्चा चल्यो ।  अझ एमाओवादी नेता वर्षामान पुन अर्थ मन्त्रीका पालामा त झन मुख्य एजेन्डा नै आफुले करछली गर्ने विरुद्धको अभियान हो भन्ने गरेका थिए ।

तर उनकै पार्टी निकट मानिने व्यापारी रामबहादुर गौतमले सञ्चालान गरेको काउ फार्ममा भने स्थापनादेखि नै चोरीको बत्ती चोरेको रहस्य खुलेपछि प्राधिकरणले कदम अगाडी बढाउदा कर्मचारी नै करिब ३ घण्टा फार्मका कर्मचारीले त्रास देखाउँदै बन्धन बनाए पछि प्रहरीले प्राधिकरणका कर्मचारीको उद्दार गरको हो ।

दैनिक लाखौंको दुध उत्पादन गर्ने काभ्रेको एक काउ फार्ममा चोरीको विद्युत प्रयोग गरेको हुकिङ झिक्न गएका प्राधिकरणको कर्मचारीनै फार्मका कर्मचारीको नियन्त्रणमा परेका छन् ।

काभ्रेको गौतम श्री आर्गानिक फार्मले विद्युत चोरी गरिरहेको जानकारी पाए पछि प्राधीकरणले हुकिङ हटाउने क्रममा प्राधिकरणका कर्मचारीहरुलाइ फार्मका कर्मचारीको नियन्त्रणमा परेका छन् ।

जिल्लाको पातलेखेत गाविसमा रहेको गौतम श्री काउफार्मले स्थापना देखिनै चोरीको विद्युत प्रयोग गरेको पाइएपछि प्राधिकरणका कर्मचारीहरुले चोरी गरिएको विद्युतको लाइन काट्न गएको समय उनीहरुलाई फार्मका कर्मचारीहरुले धम्की दिएर करिब ३ घण्टा नियन्त्रणमा लिएको प्राधिकरण काभ्रेका इन्जिनियर राजमान श्रेष्ठले बताए ।

सोही काउ फार्मको नेपाल सरकारका मुख्य सचिव पौडेलले अघिल्लो शनिवार उद्घाटन गरेका थिए । फार्म संचालक नेपालकै प्रतिष्ठित एमाओवादी निकट व्यापारी रामबहादुर गौतमको हो ।

घटनापछि प्रहरीले उनका दाजु अर्जुन गौतम तथा कर्मचारी प्रेम तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।