६ कार्तिक २०८३, शुक्रबार

कोरोना भाइरसको संक्रमणबाट शुक्रबार ३३ जनाको मृत्यु, थप ५७२७ जनामा संक्रमण पुष्टि

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५ हजार ७२७ जना नयाँ संक्रमित थप भएका छन् ।

बितेको २४ घण्टामा देशभर १५ हजार ३९१ जनाको आरटी–पीसीआर गर्दा ५ हजार ७२७ जना र ५२५ जनाको एन्टिजेट परीक्षण गर्दा ७० जना गरी कुल ५७२७ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ लाख २३ हजार १८७ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९२८ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण निको हुनेको संख्या २ लाख ८१ हजार ९५ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २७९ जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ जना छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा २४ लाख ७३ हजार ९५६ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ३८ हजार ८१३ जना आइसोलेसन र ५९ जना क्वारेन्टिनमा छन् ।