
सुर्खेत, १७ वैशाख । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट कर्णाली प्रदेश अस्पतालमा थप २ जनाको मृत्यु भएको छ ।
अस्पतालमा उपचार गराइरहेका पञ्चपुरी नगरपालिका–५ का ६० वर्षीय पुरूषको उपचारका क्रममा मृत्यु भएको हो । मृतक पुरूषको बिहीबार साँझ मृत्यु भएको हो ।
यस्तै, कोरोना संक्रमणकै कारण लेकबेंसी नगरपालिका–१ का ५४ वर्षीय पुरूषको मृत्यु भएको छ । उनको उपचारका लागि प्रदेश अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ ।















प्रतिक्रिया