६ कार्तिक २०८३, शुक्रबार

आज पनि मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ वैशाख । आज पनि देशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको हुँदा केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ । हिजो पनि संघीय राजधानी काडमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा भएको थियो ।

हाल देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ । महाशाखाले आइतबारसम्म नै मौसम बदली हुने र वर्षा हुने सम्भावना रहेको जनाएको छ ।