६ कार्तिक २०८३, शुक्रबार

विश्वभर कोरोना संक्रमितको संख्या १५ करोड नाघ्यो, ३१ लाख ६३ हजार जना भन्दा बढीको मृत्यु

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ वैशाख । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १५ करोड नाघेको छ ।

वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा थप ८ लाख ८५ हजार ६०४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या १५ करोड २ लाख १२ हजार ५१ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा थप १५ हजार २८४ जना संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको कुल संख्या ३१ लाख ६३ हजार ४९८ पुगेको छ ।

हालसम्म विश्वभर १२ करोड ८२ लाख ६० हजार २७७ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा पनि थप ८ लाख २ हजार २०८ जना निको भएका छन् ।

विश्वभर १ करोड ८७ लाख ८८ हजार २७६ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख १० हजार ७८१ जनाको अवस्था गम्भीर छ ।