६ कार्तिक २०८३, शुक्रबार

लकडाउनमा निर्वाध आवतजावत गर्न दिन कानून व्यवसायीको माग

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ वैशाख । नेपाल बार एसोसियसनले लकडाउनको समयमा कानून व्यवसायीहरूलाई निर्वाध आवतजावत गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले गृह मन्त्रालयलाई पत्राचार गर्दै कानून व्यवसायीहरूको सेवा पनि अत्यावश्यक सेवाअन्तर्गत पर्ने भएकाले परिचयपत्र, कालो कोट र बारको लोगोधारी कानून व्यवसायीलाई कुनै अवरोध नगरी आवतजावतमा सहयोग पुर्‍याउने व्यवस्थाका लागि मातहतका कार्यालयलाई निर्देशन एवं परिपत्र गरिदिन अनुरोध गरेका छ ।

पत्रमा हरेक अदालती कामकारवाही पूर्ण रुपमा स्थगन हुने अवस्था नरहेको र न्यायिक सेवा लिन चाहने नागरिकलाई सेवा दिन कानून व्यवसायीहरू कार्यक्षेत्रमा उपस्थित हुनुपर्ने भएकाले सहज वातावरण बनाइदिन बारले अनुरोध गरेको छ ।