६ कार्तिक २०८३, शुक्रबार

ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ वैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्री रायमाझीलाई सोमबार कोरोना संक्रमण पुष्टि भएसँगै छाउनीस्थित सैनिक अस्पतालमा भर्ना गरिएको छ । उनी गत शनिबार गृहजिल्ला अर्घाखाँचीमा भएको राजनीतिक कार्यक्रममा सहभागी भएर फर्किएका थिए ।

सोमबार मन्त्री रायमाझीसँगै उनको सचिवालयका सदस्यको स्वाब परीक्षण गरिएको थियो । उनीसँगै सचिवालयका केही सदस्यलाई पनि संक्रमण देखिएको हो ।