६ कार्तिक २०८३, शुक्रबार

मंगलबार सुनको मूल्य सामान्य घट्यो, चाँदीको मूल्य बढ्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ वैशाख । अघिल्लो दिन सोमबार स्थिर रहेको सुनको मूल्यमा सामान्य कमी आएको छ ।

आज मंगलबार सुन तोलामा १०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला९१ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुनको मूल्य घटे पनि चाँदीको मूल्य बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३१५ रुपैयाँमा किनबेच भइरहेको महासंघले बताएको छ । सोमबार चाँदीको मूल्य स्थिर रहेर प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।