६ कार्तिक २०८३, शुक्रबार

कास्कीमा भोलिदेखि निषेधाज्ञा, जोरबिजोर प्रणालीमार्फत सवारीसाधन सञ्चालन गरिने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १४ वैशाख । कास्कीमा वैशाख १५ गते अर्थात् भोलिदेखि लागू हुने गरी निषेधाज्ञा जारी भएको छ ।

जिल्लामा नयाँ भेरिएन्टसहितको कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले भोलि बुधबार बिहान ६ बजेदेखि वैशाख २१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो ।

प्रशासनले उक्त अवधिभर अत्याश्यक कामबाहेक घरबाहिर हिँडडुल गर्न, सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार सञ्चालन गर्न, मानिस भेला हुन, भीडभाड गर्न सभाजुलुस गर्न जात्रा महोत्सव गर्न निषेध गरेको छ ।

जिल्लाभित्र सञ्चालन हुने अत्यावश्यक सवारीसाधनबाहेक यात्रुबाहक सार्वजनिक तथा निजी सवारीसाधनहरुमा सो अवधिभर जोरबिजोर प्रणाली लागू भएको प्रशासनले जनाएको छ ।

त्यसैगरी प्रशासनले औषधी एवं स्वास्थ्य सामग्रीका पसलहरु २४ घन्टा नै खुला रहने तथा उपभोग्य, खाद्यान्न र निर्माण सामग्रीका पसलहरु बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्न भनेको छ ।

त्यस्तै डिपार्टमेन्टल स्टोर्स, सपिङ मल र ठूला स्टोरहरु सञ्चालनमा रोक लगाइएको छ । होटेल तथा रेस्टुराँमा टेक अवे सेवा मात्र सञ्चालन हुने गरी बिहान ८ देखि बेलुका ८ बजेसम्म खोल्न पाइने छ ।

अरु के–के गर्न पाइन्छ, के–के पाइँदैन हेर्नुहोस् जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको आदेश–

–