
काठमाडौं, १४ वैशाख । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाखनजिक पुगेको छ ।
केही समययता भारतमा दैनिक २ हजार जना भन्दा बढी सङ्क्रमितको मृत्यु भइरहेको छ भने ३ लाखभन्दा बढी सङ्क्रमित थपिने गरेका छन् । पछिल्लो २४ घण्टामा २ हजार ७६४ जनाको मृत्यु भएसँगै भारतमा हालसम्म ज्यान गुमाउनेको सङ्क्रमितको सङ्ख्या १ लाख ९७ हजार ८८० पुगेको छ । भारतमा दैनिक अन्य मुलुकमा भन्दा धेरै सङ्क्रमितले ज्यान गुमाइरहेका छन् ।
पछिल्लो २४ घण्टामा तीन लाख १९ हजार ४३५ जना नयाँ बिरामी थपिएका छन् । यो सङ्ख्या अन्य मुलुकमा फेला परेका सङ्क्रमितको भन्दा अत्याधिक धेरै हो । सङ्क्रमितको सङ्ख्या १ करोड ७६ लाख २५ हजार सात सय ३५ पुगेको छ । सङ्क्रमितमध्ये १ करोड ४५ लाख ४५ हजार ३४२ जना निको भएका छन् ।
भारतमा हाल २८ लाख ८२ हजार ५१३ जना सङ्क्रमितको उपचार भइरहेको छ । तर, उपचार तथा स्वास्थ्य सामग्रीहरुको अभावमा मानिसहरुले अकालमै ज्यान गुमाइरहेका छन् । उपचार गराइरहेकामध्ये ८ हजार ९४४ जनाको अवस्था चिन्ताजनक छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा छ ।















प्रतिक्रिया