६ कार्तिक २०८३, शुक्रबार

परीक्षाअघि नै प्रश्नपत्र बाहिर ल्याएको अभियोगमा १० जना पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, १३ वैशाख । पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ मोरङमा हुन लागेको ईन्जिनियरिङ संकायतर्फको बीई दोस्रो सेमेस्टरको फिजिक्स विषयको मूल प्रश्नपत्र परीक्षाअघि नै बाहिर ल्याएको अभियोगमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मोरङ विराटनगर महानगरपालिका–८ बस्ने ४४ वर्षीय कोमल प्रसाद गौतम, संखुवासभा मादी नगरपालिका–६ बस्ने ३५ वर्षीय गोपाल कार्की, रूपन्देही तिलोचन नगरपालिका–१२ बस्ने ३० वर्षीय विजय पोखरेल, गोरखा भिमसेन थापा गाउँपालिका–१ बस्ने ३२ वर्षीय मिन प्रसाद भट्ट, गोरखा गण्डागी गाउँपालिका–३ बस्ने ३१ वर्षीय भरत पठन, गोरखाकै गोरखा नगरपालिका–४ बस्ने २६ वर्षीय विकास खड्का र सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका–४ बस्ने २८ वर्षीय निर्मल खड्का छन् ।

यस्तै महोत्तरी रामगोपालपुर नगरपालिका–९ बस्ने २९ वर्षीय नानिपथ मण्डल, सप्तरी वोदेवरसाईन नगरपालिका–७ बस्ने २९ वर्षीय जीवन कुमार यादव र सप्तरी अग्नीसायर कृष्णसवरण गाउँपालिका–५ घर भई भक्तपुर लोकन्थली बस्ने २६ वर्षीय महेश यादव रहेका छन् ।

परीक्षाअघि नै प्रश्नपत्र वाहिरिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले अनुसन्धान गर्नेक्रममा उक्त विश्वविद्यालयका फोटोकपी गर्ने कर्मचारीले सामाजिक सञ्जाल प्रयोग गरी प्रश्नपत्र बाहिर ल्याएको भन्ने खुल्न आएपछि उक्त कार्यमा संलग्न उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरू उपर शिक्षा ऐन, २०२८ बमोजिम थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।