
काठमाडौं, १२ वैशाख । । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ को भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण गर्दा मौलिक वास्तुशिल्प प्रतिबिम्बित हुनुपर्ने बताएकी छिन् ।
गोरखा भूकम्पको छैटौं स्मृतिका अवसरमा एक सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले पुनर्निर्माणमा मौलिक वास्तुशिल्प प्रतिविम्बित गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराएकी हुन् ।
नेपालको भौगोलिक अवस्थिति र बनावटका कारण भूकम्प, बाढी पहिरो र डुबान जस्ता प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको भन्दै राष्ट्रपतिले पर्यावरणमैत्री एवम् विपदको सामना गर्न सक्ने भौतिक संरचना निर्माणमा जोड दिएकी छिन् ।
राष्ट्रपतिबाट जारी सन्देशमा भविष्यमा भूकम्पको जोखिमलाई न्यूनीकरण गर्न निजी आवास, सार्वजनिक तथा सरकारी संरचनाहरुको अध्ययन गरी कमजोर संरचनालाई प्रवलीकरण गर्न र दीगो नवनिर्माण कार्यका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।















प्रतिक्रिया