
काठमाडौं, ११ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरासँग सम्बन्धित दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई रोजगारी दिने घोषणा गरेका छन् ।
धरहराको उद्घाटनपछि मन्तव्य व्यक्त गर्ने क्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । धरहरा ढल्दा केही व्यक्तिले ज्यान गुमाएको भन्दै उनीहरुको परिवारका एक सदस्यलाई प्राथमिकताका आधारमा धरहरामा नै रोजगारी दिने ओलीको भनाइ छ ।
धरहरामा बन्दै गरेको बगैँचा, पार्किङ लगायतमा कामदार आवश्यक पर्ने र त्यसमा पीडित परिवारलाई प्राथमिकतामा राखेर रोजगारी दिइने ओलीले बताएका छन् ।















प्रतिक्रिया