६ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्रीद्वारा छाउनीमा ७५० शय्या क्षमताको अस्पताल भवनको शिलान्याश

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले छाउनीस्थित वीरेन्द्र अस्पताल परिसरमा ७५० शय्या क्षमताको अस्पताल भवनको शिलान्याश गरेका छन् ।

आधुनिकीकरणसहित निर्माण हुने उक्त अस्पताल भवन आज शनिबार बिहान प्रधानमन्त्री ओलीले शिलान्याश गरेका हुन् । नेपाल सरकार र नेपाली सेनाको सैनिक कल्याणकारी कोषफर्मात उक्त भवन निर्माण हुन लागेको हो ।

प्रधानमन्त्री ओलीले शिलालेखको अनावरण तथा निर्माण हुने अस्पतालको गुरुयोजनाको अवलोकनपश्चात् गौरवपूर्ण इतिहासको सम्मान र आगामी दिनहरुको लागि नव निर्माण गर्दै ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न सरकार कटिबद्ध रहेको बताएका छन् ।

५०० जना घाइते तथा बिरामीको उपचार गर्ने क्षमता रहेको उक्त अस्पताल पूर्ण रुपमा सञ्चालनमा आएपछि नेपालकै नमूना अस्पताल (मेडिकल सेन्टर अफ एक्सिलेन्स) को रुपमा कार्य सञ्चालन गरी रिसर्चलगायत अन्य ३० प्रकारका मेडिकल सेवाहरु प्रदान गर्ने बताइएको छ । त्यस्तै विपदको अवस्थामा ६ हजार जना सम्मलाई उपचार गर्ने क्षमता उक्त अस्पतालमा रहने छ ।

२०७ रोपनी जग्गामा निर्माण हुने उक्त अस्पतालमा अबको ७ वर्षमा सेवा शुरु हुने र १० वर्षभित्र पूर्ण रुपमा सञ्चालनमा आउने बताइएको छ ।