६ कार्तिक २०८३, शुक्रबार

मेडइन युएसए लेखिएको पेस्तोल, म्याग्जिन र गोलीसहित बैठा पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही, १० वैशाख । मेडइन युएसए लेखिएको १ थान पेस्तोल, १ थान म्याग्जिन र गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ का ३२ वर्षीय त्रिभुवन बैठा छन् । उनलाई ईश्वरपुर नगरपालिका–१२ कालिन्जोर चोकबाट बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेको बैठाको साथबाट प्रहरीले मेडइन युएसए लेखिएको १ थान पेस्तोल, सोको ४ राउण्ड गोली र १ थान म्याग्जिन बरामद गरेको हो ।

बीआर ३० जेड ६५४८ नम्बरको मोटरसाइकललाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय केशरगंज सर्लाहीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक बैठालाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो ।

हाल फरार रहेका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ४० वर्षीय रामकेवल महतोको प्रहरीले खोजी गर्नाका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ ।