
काठमाडौं, ९ वैशाख । युरोप पठाइदिन्छु भन्दै १९ लाख ४७ हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ नयाँ बजार बस्ने चितवन राप्ती नगरपालिका–३ का ३६ वर्षीय भरतप्रसाद राई छन् । उनलाई हिजो बुधबार प्रहरीले पक्राउ गरेको हो ।
ग्र्यान्डी ग्लोबल होलिडेज प्रालिका सञ्चालक राईले युरोपका पोर्चुगल, लाटभिया लगायतका देशमा भिजिट भिषामा जानका लागि १० लाख रुपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी ६ जना व्यक्तिहरुसँग १९ लाख ४७ हजार रुपैयाँ लिई सम्पर्कविहीन भई ठगी गरेको खुलेको छ ।
राईलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।















प्रतिक्रिया