६ कार्तिक २०८३, शुक्रबार

सवारी दुर्घटनामा परी रौतहट र सप्तरीमा २ जनाको मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ वैशाख । सवारी दुर्घटनामा परी रौतहट र सप्तरीमा २ जनाको ज्यान गएको छ ।

रौतहटको ईशनाथ नगरपालिका–४ लटमरीस्थित सडकमा ना. अ त ११४१ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने शेख मन्तजिरको छोरा ६ वर्षीय शेख मेराजको सोमबार साँझ मृत्यु भएको प्रहरीले बताएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तै सप्तरीको शम्भुनाथ नगरपालिका–८ मिलन चोकस्थित सडकमा को. १ ख ७०५२ नम्बरको ट्याङ्करले बा. ९२ प ४७०२ नम्बरको मोटरसाइकललाई सोमबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सिरहा लक्ष्मीपुर गाउँपालिका–३ पोखरभिन्डाका ४० वर्षीय उपेन्द्र राई दुनुवारको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि सगरमाथा अञ्चल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । हाल फरार ट्याङकर चालकको प्रहरीले खोजी गरिरहेको प्रहरीले बताएको छ ।