६ कार्तिक २०८३, शुक्रबार

पर्सामा भारतबाट आएका कोरोना संक्रमित एक जना पुरुषको मृत्यु

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, ७ वैशाख । कोरोना सङ्क्रमणकै कारण पर्सामा थप एक जना पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

भारतबाट केही दिनअगाडि नेपाल फर्किएका वीरगञ्ज महानगरपालिका–१४ बहुवरी निवासी ५७ वर्षीय पुरुषको वीरगञ्जको नारायणी वयोधा अस्पतालमा आज मध्याह्न मृत्यु भएको हो ।

भारतबाट फर्किएलगत्तै बिरामी भएका उनलाई उपचारका लागि चैत २९ गते अस्पताल भर्ना गरिएको र सोही दिन उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।

श्वासप्रश्वासमा समस्या, उच्च ज्वरो र कडा निमोनियाबाट मृतक ग्रस्त रहेको बताइएको छ । बितेको एक साताभित्र पर्सामा ४ जना पुरुष र १ जना महिला सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

यससँगै पर्सामा सङ्क्रमणकै कारण मृत्यु भएको सङ्ख्या ५८ जना पुगेको छ ।