
काठमाडौं, ६ वैशाख । सार्वजनिक यातायातले जम्मा सीट संख्याको आधामा मात्रै यात्रु बोक्न पाउने भएका छन् ।
दोस्रो लहरको कोरोना भाइरसको संक्रमण तीव्र बनेसँगै सरकारले सार्वजनिक यातायातमा पूर्ण क्षमतामा यात्रु बोक्न प्रतिबन्ध लगाएको हो ।
खासगरी सरकारले भीडभाडयुक्त शहरहरुमा यस्तो नियम लगाउने निर्ण गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार उपत्यकाका काठमाडौं, ललितपुर, भक्तपुरसहित विभिन्न सहर र जिल्ला सदरमुकामहरुमा सञ्चालनमा रहेका सार्वजनिक यातायातले तोकिएको संख्यामा मात्रै यात्रु बोक्न पाउने भएका छन् ।
त्यसैगरी सरकारले धुलिखेल, चितवन, विराटनगर, इटहरी, वीरगञ्ज, जनकपुर, भैरहवा, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र भीमदत्तनगरलगायत शहरमा चल्ने सार्वजनिक यातायातमा पनि सोही नियम लागू हुने स्रोतको भनाइ छ ।
सार्वजनिक यातायातमा सबै यात्रुलाई मास्क अनिवार्य गराउनु पर्ने छ । मास्क तथा अन्य जनस्वास्थ्यका मापदण्ड पालना नगरिए÷नगराइए सोको अनुगमन गरी जरीवाना समेत सरकारले लगाउने भएको छ ।















प्रतिक्रिया