५ कार्तिक २०८३, बिहिबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ वैशाख । माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

सोमबार बस्ने बैठक मंगलबार १ बजेसम्मका लागि स्थगित भएको बताइएको छ । नेताहरूको कार्य व्यस्तताका कारणले बैठक स्थगित गरिएको जानकारी पार्टी कार्यालयले दिएको छ ।

आज बस्ने बैठकबाट माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिनसक्ने अनुमान गरिएको थियो । कर्णाली प्रदेश सरकार टिकाउन नेकपा एमालेका माधवकुमार नेपाल पक्षले साथ दिएपछि माओवादी केन्द्रले केन्द्रमा पनि ओली सरकार फेर्ने गृहकार्य थालेको थियो ।

तर, राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गरेसँगै तत्काललाई सरकार फेरबदलको सम्भावना टरेको छ । सोही कारण माओवादीले आफ्नो स्थायी कमिटी बैठक स्थगित गरेको अनुमान गरिएको छ ।