५ कार्तिक २०८३, बिहिबार

सुनको मूल्य आज पनि बढ्यो, दुई दिनदेखि चाँदीको मूल्य स्थिर

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ वैशाख । साताको शुरु दिन हिजो आइतबार प्रतितोला २०० रुपैयाँले बढेको सुनको मूल्य आज सोमबार पनि बढेको छ ।

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ बढेर छापावाला सुन प्रतितोला ९१ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्य भने लगातार दोस्रो दिन स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।