५ कार्तिक २०८३, बिहिबार

एमालेको महाधिवेशन आयोजक कमिटी बैठक आज बस्दै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ वैशाख । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दैछ ।

एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएका हुन् । बैठकमा पार्टीमा देखिएको पछिल्लो विवादबारे छलफल हुने बताइएको छ ।

यस्तै वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले देशब्यापी रुपमा बनाइरहेको समानान्तर कमिटीबारे पनि आजको बैठकमा छलफल हुने छ ।

समानान्तर गतिविधि गर्दै आएको नेता नेपाल समूहले भने पार्टी एकताका लागि वातावरण बनाउनका लागि आजको बैठक रोक्नुपर्ने अडान राखेको छ ।

उक्त समूहले आफ्नो सहभागिताबिना ओलीले यसअघि फागुन २८ गते र चैत्र ७ गते गरेका निर्णयहरु फिर्ता हुनुपर्ने माग गर्दै आएको छ ।