
काठमाडौं, ५ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १०९६ जना नयाँ संक्रमित थप भएका छन् ।
आरटी–पीसीआर विधिबाट ५ हजार ७८३ जनाको स्वाब परीक्षण गर्दा १०१५ जना र ६९९ जनाको एन्टिजेन परीक्षण गर्दा ८१ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ८४ हजार ६७३ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६२ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ७५ हजार ३०० जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर ८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु ह’नेको संख्या ३ हजार ८३ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार २९० जना छ ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा २३ लाख ४५ हजार ५०१ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ६ हजार २९० जना आइसोलेसन र ८५ जना क्वारेन्टिनमा छन् ।















प्रतिक्रिया